आज साउन ५ गते, शेयर बजारमा मुख्य मुख्य समाचार

0 Comments
⏩आगामी शुक्रबार मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक, नीतिको मस्यौदा तयार, पर्खाईमा शेयर लगानीकर्ता ।
⏩पुँजीवृद्धि गर्न १९ बीमा कम्पनीले रोजे मर्जर, केही बीमा कम्पनीको एकिकृत कारोबार पनि शुरु ।
⏩सिन्धु विकास बैंकको बाहौं वार्षिक साधारण सभा शुक्रवार हुने, सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव ।
⏩नेप्से मा दुई कम्पनीको १ करोड भन्दा बढि बोनस शेयर सूचीकृत, एचआइडीसीएल र आइएमई जनरलको शेयर थपियो ।
⏩श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले २० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने, इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको aनिवेदन दिनु पर्ने ।
⏩श्वेत गंगा हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै पर्यो मागभन्दा बढी आवेदaन सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङले बुक बिल्डिङबाट आइपीओ ल्याउन धितोपत्र
बोर्डसँग मागे अनुमति ।
⏩रावा इनर्जी र अपर स्याङ्गे हाईड्रोपावर आइपीओ अनुमति माग्न पुगे धितोपत्र बोर्ड ।
⏩सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने ।
⏩जीवन बीमा कम्पनीहरुको बीमाशुल्क १५% बढ्यो, १ खर्ब ३९ अर्ब आर्जन ।
⏩नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभुति गर्ने ।
⏩अर्ब क्लबमा गरिमा विकास बैंक, सिडी रेसियो ८५ प्रतिशत ।
⏩सगरमाथा जलविद्युत्को आईपिओ नबिके नागरिक लगानी कोषले किन्ने ।
⏩सयपत्री हाइड्रोले साउन १३ देखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने ।
⏩कमर्शियल बैंकहरुको निक्षेप ४७ अर्बले वृद्धि ।
⏩विदेश भ्रमणमा जाने नेपालीले मनिचेन्जरबाट २०० डलरसम्मको सटही सुविधा पाउने ।
Categories:

Leave a Reply

Your email address will not be published.

Share via
Copy link