➠कर छुटको लोभले महिना दिनमै २१ बैंक बीमा कम्पनी मर्जरको बाटोमा, डिमर्जरको जोखिम बढ्दो ।
➠चेम्बर अफ कमर्स द्वारा अर्थ मन्त्रालय, राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टैसुझाव पेस, पुँजी बजारलाई सम्बोधन गर्नुपर्ने विषय समावेश, नीतिगत, कार्यगत र प्रणालीगत सुधारको माग ।
➠पूर्वअर्थमन्त्री शर्माको जिकिरः ‘म आफैँले करको दर हेरफेर गरेको हो, अनाधिकृत व्यक्तिको संलग्नता छैन’, संसदीय छानबिन विशेष समितिको म्याद भने ७ दिन थपियो ।
➠सात अर्ब भन्दा बढीको आईपीओ निष्काशनका लागि विभिन्न कम्पनीहरु पाइपलाइनमा, सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीले पाए अनुमति, सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ बाट शेयर निष्कासन गर्ने ।
➠नेपालको ऊर्जा क्षेत्रको विकासका लागि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण हुनुपर्नेमा विज्ञको जोड, व्यापार घाटा कम गर्ने प्रमुख आधार भएको जिकिर ।
➠श्वेत गंगा हाइड्रोपावरको आइपीओमा हाल सम्म ८ लाख २९ हजारले दिए आबेदन, माग गरिएको भन्दा साढे ४ गुणा बढी आवेदन ।
➠चौथो त्रैमासको वित्तीय विवरण आव सकिएको २१ दिनभित्र प्रकाशन गर्न राष्ट्र बैंकको निर्देशन ।
➠राप्ती हाइड्रोको आइपीओ सोमबार बाँडफाँट हुने, १३ लाख २० हजारको हात खाली रहने पक्का ।
➠प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने कान्तिपुर टिभीले संस्थापकहरुबाटै साढे ५ करोड रकम जुटाउँदै । कुमारी बैंक र लुम्बिनी विकास बैंकले मागे ऋणपत्र निष्काशन अनुमति, ११ प्रतिशत ब्याज ।
➠फुकोट कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने ।